२०८२ मंसिर १८, बुधबार

आर्थिक वर्षको आय–व्यय विवरण

३३ दलले बुझाए आय–व्यय विवरण, ८९ पार्टीको बाँकी

नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ।
३३ दलले बुझाए आय–व्यय विवरण, ८९ पार्टीको बाँकी

१७ मंसिर, काठमाडौं / निर्वाचन आयोगमा विभिन्न ३३ वटा दलले गत आर्थिक वर्षको आय–व्यय विवरण बुझाएका छन् भने नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। गत आर्थिक वर्षमा आयोगमा अद्यावधिक रहेका दलको संख्या १२२ थियो । त्यसमध्ये ३३ वटा दलले आय–व्यय विवरण बुझाएका हुन् ।

निर्वाच्न आयोगले तोकेको अधिकृत वा विशेषज्ञले राजनीतिक दलको हिसाव किताब र लेखा जुनसुकै माग गर्न वा निरीक्षण गर्न सक्नेछ ।
दफा ४१ अनुसार राजनीतिक दलले लेखा परीक्षण गराउनु पर्ने हुन्छ ।  जहाँ भनिएको छ, ‘दलले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र आफ्नो आय र व्ययको लेखा परीक्षण कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा पेस गर्नु पर्नेछ ।’
यसअनुसार राजनीतिक दलले आगामी माघ मसान्तसम्म आफ्नो पार्टीको आय–व्ययको लेखा परीक्षण लेखा परीक्षकबाट गराई निर्वाचन आयोगमा पेस गर्नु पर्ने हुन्छ ।
केही गरी समयमै राजनीतिक दलहरूले आय–व्यय विवरण नबुझाए निर्वाचन आयोगले अवधि समाप्त भएको ३५ दिनभित्र त्यस्तो दललाई त्यसरी लेखा परीक्षण प्रतिवेदन पेस नगर्नुको कारण खुलाई स्पष्टीकरण पेस गर्न लिखित रूपमा वा विद्युतीय वा अन्य सञ्चार माध्यमबाट आदेश दिन सक्नेछ । आय–व्यव विवरण पेस गर्नेहरूको हकमा भने निर्वाचन आयोगमा पेस गरेको मितिले एक महिनाभित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिसक्नु पर्ने हुन्छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस