
१८ मंसिर, विराटनगर/ विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । बुधबार राति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ घर भई कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्काको मृत्यु भएको हो ।
प्रहरीका अनुसार, गएराति करिब १२ः२५ बजे विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कोशी राजमार्गमा उनी सवार बा. प्र. ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।