२०८२ पौष २, बुधबार

बालकको मृत्यु

धनकुटामा करेन्ट लागेर १४ वर्षीय बालकको मृत्यु

पाख्रिबास नगरपालिका–५ चौतारास्थित जंगलमा घाँस काट्न गएका स्थानीय लोकबहादुर तामाङका छोरा १४ वर्षीय बादल तामाङको मृत्यु भएको हो ।
धनकुटामा करेन्ट लागेर १४ वर्षीय बालकको मृत्यु

पुस २, धनकुटा / धनकुटामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । पाख्रिबास नगरपालिका–५ चौतारास्थित जंगलमा घाँस काट्न गएका स्थानीय लोकबहादुर तामाङका छोरा १४ वर्षीय बादल तामाङको मृत्यु भएको हो ।

तामाङलाई विद्युत्‌को सपोर्ट तारमा बहेको करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको धनकुटा प्रहरीका सूचना अधिकारी किशोर तामाङले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानपछि शव पोस्टमार्टमका लागि धनकुटा अस्पताल पठाइएको सूचना अधिकारी तामाङले जानकारी दिए ।

 

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस