२०८२ पौष ४, शुक्रबार

बयान

तत्कालीन आईजीपी खापुङको जेनजी घटना सम्बन्धीे बयान जारी

२३ र २४ गते भदौको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले खापुङको बयान लिएको हो ।
तत्कालीन आईजीपी खापुङको जेनजी घटना सम्बन्धीे बयान जारी

पुस ३, काठमाडौं / तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी, हाल अवकाश प्राप्त) चन्द्रकुवेर खापुङको बयान जारी रहेको छ । जेनजी घटना भएका बेला खापुङ नै प्रहरी महानिरीक्षक थिए । त्यतिबेला प्रहरीले चलाएको गोली लागेर भदौ २३ मा २२ जनाको मृत्यु भएको थियो । २३ र २४ गते भदौको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले खापुङको बयान लिएको हो । आयोगको सिंहदरबारस्थित कार्यालयमा बिहीबार खापुङको बयान भइरहेको आयोग स्रोतले बताएको छ ।

यसअघि फिल्डमा खटिएका कर्मचारीका विवरण पठाउन भन्दा समेत खापुङले अटेर गरेको आयोगले दाबी गरेको थियो । त्यतिबेला खापुङले जवानदेखि आईजीपीसम्म सबै फिल्डमै रहेको भन्ने जवाफ पठाएका थिए ।

उक्त जवाफपछि आयोगले खापुङलाई ५ सय रुपैयाँ जरिवाना गर्नेसम्मको तयारी गरेको थियो । त्यसपछि बल्ल उनले विवरण पठाएको आयोगको दाबी छ ।
आयोगले घटना सम्बन्धीत पक्षको बयान लिने काम अन्तिम चरणमा पुर्‍याएको छ । अब तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीको बयान लिने तयारीमा आयोग पुगेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस