२०८२ पौष ४, शुक्रबार

अमेरिका

गोलीकाण्डपछि अमेरिकाको ‘डीभी लटरी’ योजना स्थगित

अमेरिकाले ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गर्ने निर्णय गरेको छ।
गोलीकाण्डपछि अमेरिकाको ‘डीभी लटरी’ योजना स्थगित

४ पुस, काठमाडौं /  अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गरेको छ । ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जानेगरी गोलीकाण्ड भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गर्ने निर्णय गरेका हुन् ।

ब्राउन युनिभर्सिटी घटनाका संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए । उनी सन् २०१७ मा विविधता लटरी आप्रवासी भिसा कार्यक्रम (डीभी) मार्फत् अमेरिका प्रवेश गरी ग्रीन कार्ड पाएका थिए ।

होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले ट्रम्पको निर्देशनमा उक्त भिसा योजना रोकिएको जानकारी दिइन् । अब कुनै पनि अमेरिकीलाई हानि नहोस् भन्ने सुनिश्चित गर्न यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस