२०८२ पौष ९, बुधबार

नाबालिका

उद्दार गरिएको एक नाबालिका गर्भवती

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उद्दार गरिएको एक नाबालिका गर्भवती
उद्दार गरिएको एक नाबालिका गर्भवती

पुस ६, काठमाडौं /  मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले विभिन्न मितिमा काठमाडौंका स्पा र गेस्टहाउसबाट आठ नाबालिकाको उद्दार गरिएको विवरण ३ पुसमा सार्वजनिक गरेको थियो । जसमध्ये एक नाबालिका गर्भवती रहेको खुलेको हो । गर्भवती नाबालिकासहित आठै जनालाई अहिले ‘सेफ हाउस’मा राखिएको छ ।

काठमाण्डौँका खाजाघर, गेस्टहाउस, स्पाहरुमा नाबालिकालाई यौनधन्दामा लगाउने गरेको पाईएपछि ब्यूरोले अनुसन्धान सुरु गरेको थियो । सो क्रममा ठमेलमा रहेको गोल्डेन स्पा, चाबहिलमा रहेको फायर लन्च एण्ड क्लब, बौद्धमा रहेको लक्की स्पा, मित्रनगरमा रहेको सुदूरपश्चिम खाजाघर र मित्रनगरमै रहेको खप्तड सुदूरपीश्चम गेष्टहाउसबाट आठ नाबालिकाको उद्दार गरेको थियो ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले विभिन्न मितिमा काठमाडौंका स्पा र गेस्टहाउसबाट आठ नाबालिकाको उद्दार गरिएको विवरण ३ पुसमा सार्वजनिक गरेको थियो । जसमध्ये एक नाबालिका गर्भवती रहेको खुलेको हो । गर्भवती नाबालिकासहित आठै जनालाई अहिले ‘सेफ हाउस’मा राखिएको छ ।

यसका साथै नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा पाँच जना पक्राउ परेका छन् । जसमा सिन्धुलीको दुधौली नगरपालिका–१२ कि गीताकुमारी आचार्य, सल्यानको कुमाख गाउँपालिका–४ का गोविन्द बुढाथोकी, बुढानिलकण्ठ–१३ का हेमन्त श्रेष्ठ, बझाङको छबिसपाथीभेरीका ४२ वर्षीय हरिभक्त गिरी र कैलालीको गौरीगंगा नगरपालिका–६ का भीमबहादुर साउद छन् । नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

ती नाबालिकालाई स्पामा यौनभन्दामा लगाउनेलाई पक्राउ गरेर अहिले अनुसन्धान गरिएको छ । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धानअघि बढाइएको ब्युरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस