२०८२ पौष १५, मंगलबार

नेपाली कांग्रेस

कांग्रेसले बन्दसूची ढिलो गरी आयोगमा बुझायो

कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक बन्दसूची मंगलबार ढिलो गरी आयोगमा बुझाएको छ ।
कांग्रेसले बन्दसूची ढिलो गरी आयोगमा बुझायो

पुस १५, काठमाडौँ / कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक बन्दसूची मंगलबार ढिलो गरी आयोगमा बुझाएको छ । सूची बुझाउने अन्तिम समय गएरातिसम्म भएकाले हिजै कांग्रेसले निर्वाचन आयोगमा निस्सा राखेको थियो । कांग्रेसभित्रका विभिन्न समूहका नेताबीचको रस्साकस्सीले उम्मेदवार छनोटमा समस्या उत्पन्न भएपछि सूची बुझाउन ढिला भएको एक केन्द्रीय सदस्यले बताए ।

निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो ।

कांग्रेसले बन्दसूचीमा २०६४ देखिका समानुपातिक सांसदहरूलाई समावेश गरेको छैन । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार साढे ११ बजेपछि कांग्रेसकातर्फबाट ११० जनाको नाम आयोगमा बुझाएको कांग्रेस स्रोतले जनाएको छ । कोसी प्रदेशबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिम १० उम्मेदवार समावेश गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस