२०८२ पौष १५, मंगलबार

बन्दसूची

निर्वाचन आयोगमा बन्दसूची बुझाउने क्रम सकियो

आयोगका अनुसार सोमबार रातिसम्म बन्दसूची बुझाउने प्रक्रियामा आएका सबै राजनीतिक दलबाट सूची बुझ्ने काम सकिएको छ ।
निर्वाचन आयोगमा बन्दसूची बुझाउने क्रम सकियो

पुस १५,काठमाडौँ /  निर्वाचन आयोगमा मंगलबार अपराह्नसम्म बन्दसूची बुझाउने क्रम जारी रहेको थियो । आयोगका अनुसार सोमबार रातिसम्म बन्दसूची बुझाउने प्रक्रियामा आएका सबै राजनीतिक दलबाट सूची बुझ्ने काम सकिएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ ५८ वटा निर्वाचन चिह्नबाट चुनावी प्रतिस्पर्धामा भाग लिनेगरी ६४ वटा राजनीतिक दलका तर्फबाट बन्दसूची बुझाइएको छ ।

कांग्रेसले बन्दसूचीलाई अन्तिम रूप दिएर बुझाउन ढिला गरेको थियो । आयोगमा सोमबार अबेर रातिसम्म दुई वा त्योभन्दा बढी दल मिलेर एकल चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्ने तथा एक्लै चुनावमा जाने समेत गरेर ६१ वटा दल बन्दसूची बुझाउने प्रक्रियामा आएका थिए ।
उनीहरूले नियमानुसार ५० हजार धरौटी बुझाएर प्रक्रियामा प्रवेश गरेका थिए । आयोगको प्रक्रियामा आएका सबै राजनीतिक दलको बन्दसूची सोमबार रातभरि तथा मंगलबार अपराह्नसम्म काम गरेर बुझेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस