२०८२ पौष १६, बुधबार

रौतहट

२४ घण्टापछि खुल्यो रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड

२४ घण्टापछि खुल्यो रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड

१६ पुस, काठमाडौं / पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुलेको छ । ग्यास बुलेट पल्टिएका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । मंगलबार बिहान करिब ७ः५० बजेदेखि राजमार्ग बन्द थियो । मुख्य राजमार्ग बन्द हुँदा विकल्पको रुपमा सवारी साधनहरु लामो र घुमाउरो ग्रामिण सडक प्रयोग गर्न बाध्य भएका थिए ।

क्रेनको सहायताले ग्याँस बुलेटलाई किनारा लगाएपछि बुधबार बिहान साढे ७ बजेदेखि राजमार्ग दुईतर्फी खुलेको जिल्ला ट्राफिक कार्यालयका निरीक्षक राजेन्द्र थापामगरले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस