
पुस २९,काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कार्यसमिति बैठक दिउसो १ बजे बस्ने गरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ ।
विशेष महाधिवेशन गरिरहेका नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्मा पक्षधर भने केन्द्रीय कार्यसमिति बैठकमा नजाने भएका छन्।