
माघ ४, काठमाडौँ / निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन मिति सार्ने, मनोनयनको मिति सार्ने जस्ता विषयबारे आयोगले कुनै निर्णय वा छलफल नगरेको प्रस्ट पारेका छन् ।
कांग्रेस विवादका कारण माघ ६ गतेको मनोनयन समय सर्ने आशङ्कासहितका समाचारहरू आउन थालेपछि आयोगले यस्तो जानकारी दिएको हो ।
‘निर्वाचनको मिति सर्ने, मनोनयनको मिति सर्ने जस्ता विषयमा आयोगमा कुनै निर्णय वा औपचारिक छलफल भएको छैन’, प्रवक्ता भट्टराईले आइतबार दिउँसो सूचना पठाउँदै भनेका छन्, ‘अनुमानका भरमा समाचार सम्प्रेषण नगरिदिनुहुन सबैमा अनुरोध छ ।’