२०८२ माघ ९, बिहिबार

निर्वाचन आयोग

आज उम्मेदवारमाथिको उजुरी जाँच गरी नामावली प्रकाशन गरिने

निर्वाचन आयोगले आज उम्मेदवारमाथिको उजुरी जाँचबुझ गरी नामावली प्रकाशन गर्ने भएको छ ।
आज उम्मेदवारमाथिको उजुरी जाँच गरी नामावली प्रकाशन गरिने

माघ ८, काठमाडौं / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी आज बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।

उम्मेदवारमाथि जाँचबुझ बुधबार दिउँसो ३ बजेदेखि नै सुरु भएको हो। यो क्रम आज बेलुका ५ बजेसम्म जारी रहने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिएका छन् । आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिने उनले बताए।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस