२०८२ माघ १०, शुक्रबार

बाल सुधार गृह

सानोठिमी बाल सुधार गृहमा झडप हुदाँ २ जना अस्पतालमा उपचाररत

भक्तपुरको बाल सुधार गृहमा बिहीबार राति भएको झडपमा परी १३ जना घाइते भएका छन् ।
सानोठिमी बाल सुधार गृहमा झडप हुदाँ २ जना अस्पतालमा उपचाररत

माघ ९, काठमाडौं / भक्तपुरको बाल सुधार गृहमा बिहीबार राति भएको झडपमा परी १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना अस्पतालमा उपचाररत छन् ।झडपपछि १६२ जनालाई स्थानान्तरण गरेर सुधार गृह खाली गराइएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी प्रकाश जगेबुका अनुसार एक पक्षले अर्को पक्षलाई हेप्ने, पिट्ने गरेपछि झडप भएको हो । झडपको क्रममा आगजनी समेत भएको थियो ।
‘घाइते भएको मान्छे उद्दार गरेर लैजान प्रहरी छिर्न खोज्दा उल्टै हामीमाथि आक्रमण भयो । अनि बाल सुधार गृहमा नै आगो लगाए’ परिसरका एक अधिकृतले भने ।

उक्त बाल सुधार गृहमा जम्मा १६४ जना थिए । आगजनी लगाएर भवन ध्वस्त बनाएपछि अहिले सबैलाई स्थानान्तरण गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुरको बाल सुधार निगरानी कक्षमा राखिएको डीएसपी जगेबुले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस