२०८२ माघ १०, शुक्रबार

गगन थापा

कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार गगन थापा

नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनतिर लाग्ने निर्णय गरेको छ ।
कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार गगन थापा

माघ ९, काठमाडौँ / नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनतिर लाग्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए । सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने प्रस्ताव उपसभापति शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा राखेको र त्यो प्रस्तावलाई अर्की उपसभापति पुष्पा भुसालले समर्थन गरेपछि केन्द्रीय कार्यसमितिले एकमतले पारित गरेको उपसभापति शर्माले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस