
माग १२, काठमाडौँ / निर्वाचन आयोगले पूर्वमन्त्री महावीर पुनलाई किताब बेच्न रोक लगाएको छ । यस बिषयमा उनी भन्छन् – “नेपालको निर्वाचन कानुनले गर्दा किताब बेच्न पाईएन । आचार संहितामा उम्मेदवारको चुनाव चिह्न भएको कुनै पनि बस्तु वा सामान बनाएर बितरण गर्न र बेच्न नपाउने भनेको रहेछ । त्यहि कुरामा टेकेर वि’रोधीहरुले मलाई म्याग्दीमा मेरो आत्मकथाको किताव बेच्न पाईँदैन भनेर निर्वाचन आयोगमा । उ’जुरी गरेछन् र निर्वाचन आयोगले मलाई नबेच्न भनेको छ। आत्मकथाको कितावमा मेरो चुनाव चिन्ह “त्रिभुज“ छँदै छैन । म त्यो कितावको लेखक मात्र हुँ ।