२०८३ बैशाख ११, शुक्रबार

धनकुटा

धनकुटामा १७ जनामा १२ उम्मेदवारले छुट्टै बैंक खाता खोल्न आनाकानी

धनकुटामा १७ मध्ये १२ जना उम्मेदवारले निर्वाचन प्रयोजनका लागि अनिवार्य गरिएको छुट्टै बैंक खाता खोल्न आनाकानी गरिरहेका छन् ।
धनकुटामा १७ जनामा १२ उम्मेदवारले छुट्टै बैंक खाता खोल्न आनाकानी

माघ २०, धनकुटा / धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका १७ मध्ये १२ जना उम्मेदवारले निर्वाचन प्रयोजनका लागि अनिवार्य गरिएको छुट्टै बैंक खाता खोल्न आनाकानी गरिरहेका छन् । निर्वाचन आचारसंहितामा उल्लेख भएअनुसार निर्वाचन प्रयोजनको छुट्टै बैंक खाता नखोलेपछि आचारसंहिता अनुगमन समितिले चासो देखाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका १७ मध्ये हालसम्म ५ वटा राजनीतिक दलका उम्मेदवारले मात्रै निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न सिफारिस लिएका छन् ।छुट्टै खाता नखोल्ने र खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई आचारसंहिता उल्लंघन गरेको विषयमा स्पष्टीकरण सोधिने, एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी खारेजीसम्मको कारबाही हुने बताएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस