
माघ २८, बुटवल/ राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्।बाणगंगा नगरपालिका ८ धनेषपुरका भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू आफनो फेसबुकमार्फत् सार्वजनिक गरेका थिए। गत माघ २६ गते भट्टराईले आफनो फेसबुक वालबाट ती कागजातहरू सार्बजनिक गरेपछि मंगलबार पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक डीएसपी रिपेन्द्र कुमार सिंहले बताए।भट्टराईलाई जिल्ला अदालत कपिलवस्तुबाट तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।