
फागुन १, सर्लाही/बिहीबार साँझ ५ बजेदेखि सर्लाहीको मलंगवास्थित जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिएको छ । मलंगवा सुरक्षा बेस सर्लाहीबाट उपसेनानी जहेन्द्र सिंह ठगुन्ना नेतृत्वमा २५ जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ । यसअघि उक्त कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुरक्षा दिँदै आएका थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनाहरूमा सेना परिचालन गरिएको छ ।