२०८२ चैत्र ५, बिहिबार

बालकको मृत्यु

सिन्धुलीमा जिपको ठक्करबाट बालकको मृत्यु

सिन्धुलीमा जिपको ठक्करबाट बालकको मृत्यु मृत्यु भएको छ ।
  • दृष्टि नेपाल
  • २०२६ पौष १७, बिहिबार
सिन्धुलीमा जिपको ठक्करबाट बालकको मृत्यु

फागुन ३, काभ्रेपलाञ्चोक/ सिन्धुलीमा जिपको ठक्करबाट गोलञ्जोर गाउँपालिका–२ का अन्दाजी ८ वर्षीय बालक अषिक बयलकोटीको मृत्यु भएको छ । गोलञ्जोर गाउँपालिकाकै वडा नम्वर –३ लामासोती स्थित मध्यपहाडी लोकमार्गमा सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको ना १ ज ४६२३ नम्बरको जिपले पैदल हिँडिरहेको समयमा बालकलाई ठक्कर दिई मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका बालकको गोलन्जोर आधारभूत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी लालध्वज सुवेदीले जानकारी दिए ।जिप र चालक २७ वर्षीय गोपाल भुजेललाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस