
फागुन ३, काठमाडौं / संघीय सरकारले देशभरका स्थानीय सरकारहरुको वित्तीय समानीकरणको अनुदान कटौती गर्ने निर्णय गरेको भन्दैे स्थानीय तहले त्यसको विरोध गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल र नेपाल नगरपालिका संघले आइतबार संयुक्त विज्ञप्ति निकालेर करिब पाँच प्रतिशत रकम कटौतीको निर्णय भएको भन्दै विरोध गरेका हुन् । सरकारले गरेको प्रतिवद्धता एवं अर्थमन्त्रीले पटक पटक गरेको बाचा विपरित अनुदान कटौतीको निर्णयले आफूहरुलाई दुःखी बनाएको भन्दै देशभरको गाउँपालिका र नगरपालिकाका छाता संगठनहरुले संयुक्त रुपमा विरोध गरेका हुन् ।