२०८२ चैत्र ५, बिहिबार

नेपाली कांग्रेस

नेपाली कांग्रेसले गरे प्रतिज्ञापत्र सार्वजनिक

नेपाली कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसले गरे प्रतिज्ञापत्र सार्वजनिक

फागुन ६, काठमाडौं /नेपाली कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति गगन थापाले जनकपुरको तिरहुतियामा बुधबार आयोजित प्रतिज्ञासभामा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मवोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्न सक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले दाबी गरे । बुधबार आयोजित पत्रकार सम्मलेलनमा उनले प्रतिज्ञा पत्रका हरेक अक्षरका प्रष्ट अर्थ रहेको बताए ।

कांग्रेसले प्रतिज्ञापत्रलाई सरल शब्दावलीमा ‘भिजन टेन’ को सार संक्षेपको रूपमा प्रस्तुत गरेको छ ।
यस्ता छन् भिजन–१०
१. कांग्रेसको भएर बाँच्ने नेपाल
२. सपना देख्न सक्ने नेपाल
३. सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४. पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५. ओखती र ओत दिने नेपाल
६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८. भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल
९. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१०. समुन्नतिमा लम्कने नेपाल

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस