२०८२ चैत्र ५, बिहिबार

मोटरसाइकल दुर्घटना

सर्लाहीमा ३ मोटरसाइकल आपसमा ठोक्किँदा २ युवाको मृत्यु

सर्लाहीको ईश्वरपुर नगरपालिका– १३ मा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ ।
सर्लाहीमा ३ मोटरसाइकल आपसमा ठोक्किँदा २ युवाको मृत्यु

फागुन ७, मलंगवा/सर्लाहीको ईश्वरपुर नगरपालिका– १३ मा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार गएराति करिब आठ बजेतिर भएको दुर्घटनामा सर्लाहीकै हरीपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने करिब ३० वर्षका मुकेश राय र सोही ठाउँका ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको हो ।

दुर्घटनास्थलमा अचेत अवस्थामा फेला परेका उनीहरूको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सर्लाहीकै हरिपुर्वा नगरपालिका–९ बस्ने २२ वर्षीय विक्रम राय र रामविश्वास राय सामान्य घाइते भएका छन् । घटना अनुसन्धानका लागि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस