२०८३ अषाढ ५, शुक्रबार

शिक्षा

मच्छिन्द्र माध्यमिक विद्यालयको उत्कृष्ट नतिजा : कक्षा १२ मा ९२.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

सफल नतिजा
मच्छिन्द्र माध्यमिक विद्यालयको उत्कृष्ट नतिजा : कक्षा १२ मा ९२.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

धादिङ, असार ३ ।धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–७ स्थित श्री मच्छिन्द्र माध्यमिक विद्यालयले यस वर्षको कक्षा १२ को परीक्षामा उल्लेखनीय सफलता हासिल गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयका परीक्षार्थीमध्ये ९२.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

विद्यालयबाट परीक्षामा सहभागी २८ जना विद्यार्थीमध्ये २६ जना सफल भएका हुन्। सामुदायिक विद्यालयहरूको शैक्षिक नतिजाप्रति विभिन्न समयमा प्रश्न उठ्ने गरेको अवस्थामा मच्छिन्द्र माध्यमिक विद्यालयले भने उत्कृष्ट नतिजा ल्याएर उदाहरणीय सफलता हासिल गरेको छ।

विद्यालय प्रशासनका अनुसार यो सफलता विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको समर्पित शिक्षण तथा अभिभावकहरूको सहयोगको परिणाम हो। नतिजा सार्वजनिक भएसँगै विद्यालय परिसरमा विद्यार्थी, शिक्षक तथा अभिभावकबीच खुसीयाली छाएको छ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरूको आकर्षण बढाउन गुणस्तरीय नतिजाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। मच्छिन्द्र माध्यमिक विद्यालयको यस सफलताले सामुदायिक विद्यालयप्रति सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीहरूको भनाइ छ।

विद्यालय परिवारले आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो पनि

ताजा अपडेट

३ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस