२०८३ कार्तिक ६, बिहिबार

बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी, १ करोड ५६ लाखको क्षति

बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी, १ करोड ५६ लाखको क्षति

बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बिहीबार बिहान करिब १ः३० बजे कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार विद्युत् लाइनमा सर्ट सर्किट हुँदा आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
आगलागीको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। नेपाल प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा करिब एक घण्टाभित्र आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट भएको क्षतिको प्रारम्भिक विवरणअनुसार १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस