२०८३ कार्तिक १८, मंगलबार

मंगलबारदेखि शुक्रबारसम्म बिदा, ३० कात्तिकमा सर्वोच्च अदालत हाजिर हुने

न्यायाधीश हरि फुयाल तिहार बिदापछि मात्रै अदालत फर्किने

न्यायाधीश हरि फुयाल तिहार बिदापछि मात्रै अदालत फर्किने
न्यायाधीश हरि फुयाल तिहार बिदापछि मात्रै अदालत फर्किने

१७ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल तिहार बिदापछि मात्रै अदालत फर्किने भएका छन् । उनले मंगलबारदेखि शुक्रबारसम्मका लागि बिदा लिएका हुन् ।

सर्वोच्च अदालत प्रशासनका अनुसार न्यायाधीश फुयालले चार दिनको बिदा लिएका छन् । शुक्रबारपछि तिहार बिदा सुरु हुने भएकाले उनी अब आगामी ३० कात्तिकमा मात्रै अदालत हाजिर हुनेछन् ।

उच्चपदस्थ अधिकारीहरूसँग सेटिङको प्रयास गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग होटल हिमालयमा भेटेको विवरण सार्वजनिक भएपछि न्यायाधीश फुयालमाथि प्रश्न उठेको थियो ।

उक्त विवरण सार्वजनिक भएपछि फुयालले सापकोटासँगको भेटका कारण आफूले हेरिरहेको विचाराधीन मुद्दामा कुनै प्रभाव नपरेको भन्दै स्पष्टीकरण दिएका थिए ।

सापकोटासँगको भेटको विषय सार्वजनिक भएपछि विवादमा तानिएका न्यायाधीश फुयाल तिहार बिदापछि मात्रै सर्वोच्च अदालत फर्किने भएका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस