२०८३ कार्तिक २३, आईतबार

दैलेखको ठाटीकाँध

दैलेखमा हँसिया प्रहार र कुटपिटबाट एकै परिवारका चार घाइते, एकको अवस्था गम्भीर

दैलेखमा हँसिया प्रहारबाट चार घाइते, एक महिलाको अवस्था गम्भीर
दैलेखमा हँसिया प्रहार र कुटपिटबाट एकै परिवारका चार घाइते, एकको अवस्था गम्भीर

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा हँसिया प्रहार तथा कुटपिटबाट एकै परिवारका चार जना घाइते भएका छन्। घटनामा एक महिलाको अवस्था गम्भीर रहेको छ।
स्थानीय बमबहादुर रावतले चन्द्रबहादुर पुन मगरको घरमै पुगेर आक्रमण गर्दा उनकी श्रीमती बिमा मगर गम्भीर घाइते भएकी हुन्। उनको टाउको र अनुहारमा चोट लागेको बताइएको छ।
घटनामा महेसरा पुन, लक्ष्मी पुन र तिला पुन मगर पनि घाइते भएका छन्। घाइते सबैको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बमबहादुर रावतलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण भने खुल्न सकेको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस