२०८३ मंसिर २, मंगलबार

साथीले पेट्रोल छर्केर आगो लगाएका रूपलाल चौधरीको मृत्यु

साथीले पेट्रोल छर्केर आगो लगाएका चौधरीको उपचारका क्रममा मृत्यु

दाङमा पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु
साथीले पेट्रोल छर्केर आगो लगाएका चौधरीको उपचारका क्रममा मृत्यु

दाङमा विवादपछि साथीमाथि पेट्रोल खन्याएर आगो लगाएको आरोपमा एक जना पक्राउ
दाङ । आफ्नै साथीले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका दाङका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ खालगैरास्थित मटेरियाका ४९ वर्षीय रूपलाल चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेमबहादुर केसीका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत चौधरीको आइतबार बिहान ६ बजे मृत्यु भएको हो।
प्रहरीका अनुसार शनिबार स्थानीय ३८ वर्षीय त्रिलोकसिंह कार्कीले चौधरीमाथि पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि फरार भएका कार्कीलाई प्रहरीले लमही नगरपालिका–५ रातोडाँडाबाट पक्राउ गरेको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार दुवै जना सँगै बसेर मदिरा सेवन गरिरहेको अवस्थामा आपसमा विवाद भएको थियो। सोही क्रममा कार्कीले मोटरसाइकलमा प्रयोग गर्न बोतलमा ल्याएको पेट्रोल चौधरीमाथि खन्याएर आगो लगाएको खुलेको प्रहरीले जनाएको छ।
घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस