२०८३ मंसिर २, मंगलबार

भीमफेदी माइक्रोबस दुर्घटना

भीमफेदी माइक्रोबस दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवको नगद र गरगहना हराएको गुनासो

भीमफेदी दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवको नगद र गरगहना हरायो
भीमफेदी माइक्रोबस दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवको नगद र गरगहना हराएको गुनासो

काठमाडौं । मकवानपुरको भीमफेदीमा कार्तिक २६ गते भएको माइक्रोबस दुर्घटनामा परिवारका ६ जना सदस्य गुमाएका अवधेश यादवले दुर्घटनाका क्रममा नगद तथा गरगहना हराएको भन्दै खोजतलास गरिदिन सरकारसँग आग्रह गरेका छन्।
यादवका अनुसार दुर्घटनाका बेला परिवारसँग रहेको एक लाख रुपैयाँ नगद तथा उनकी श्रीमती र छोराछोरीका गरगहना हराएका छन्। उनले हराएको नगद र गरगहना खोजी गरिदिन सम्बन्धित निकायसँग अनुरोध गरेका हुन्।
पीडित परिवारको गुनासोपछि सञ्चारकर्मी ऋषि धमलाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखसँग टेलिफोनमार्फत कुराकानी गर्दै हराएको नगद र गरगहना खोजतलासका लागि ध्यानाकर्षण गराएका छन्।
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवले अहिले हराएको सम्पत्तिको खोजीका लागि सरकारसँग सहयोगको अपेक्षा गरेका छन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस