२०८३ मंसिर २, मंगलबार

चाँदीको मूल्य पनि घट्यो।

सुनको मूल्यमा फेरि गिरावट, तोलामा १ हजार १०० रुपैयाँ घट्यो

सुनको मूल्य आज
सुनको मूल्यमा फेरि गिरावट, तोलामा १ हजार १०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ। पछिल्लो केही दिनदेखि निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आज प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो। सुनको मूल्यमा आएको गिरावटले सुन खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ३० हजार ७१० रुपैयाँ कायम भएको छ भने १० ग्राम चाँदीको मूल्य ३ हजार १८ रुपैयाँ निर्धारण गरिएको छ।
पछिल्लो समय नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ। मूल्य घट्न थालेपछि उपभोक्ताहरूले सुनचाँदी खरिदका लागि बजारको पछिल्लो अवस्थालाई चासोका साथ हेरिरहेका छन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस