२०८३ मंसिर २, मंगलबार

मुगु हाइलक्स दुर्घटनामा मृत्यु भएका तीन जनाको शव सुर्खेत ल्याइयो

मुगुमा हाइलक्स दुर्घटनामा मृत्यु भएका तीन जनाको शव हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

मुगु हाइलक्स दुर्घटना
मुगुमा हाइलक्स दुर्घटनामा मृत्यु भएका तीन जनाको शव हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

सुर्खेत । मुगुको रारा ताल जाने क्रममा हाइलक्स गाडी दुर्घटनामा परी मृत्यु भएका तीन जनाको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको छ ।
आइतबार मुगुको छायाँनाथ रारा नगरपालिका–७, टोप्लामा बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
सोमबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरले दुर्घटनामा ज्यान गुमाएका काठमाडौंको कलंकी स्थायी ठेगाना भएका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको शव सुर्खेत ल्याएको हो ।
यसअघि सोमबार बिहानै सेनाको हेलिकोप्टरले दुर्घटनामा घाइते भएका ललितपुर महानगरपालिका–१५ का गाडी चालक ५८ वर्षीय कञ्चन थापा र उनकी श्रीमती अञ्जु थापालाई उद्धार गरी सुर्खेत पुर्‍याएको थियो ।
उनीहरू रारा ताल घुम्नका लागि मुगु पुगेका पर्यटक रहेको बताइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस