२०८३ मंसिर ८, सोमबार

पुनर्बहालीको मागसहित दायर रिटमा सुनुवाइ, नयाँ आईजीपीको नियुक्ति रोक्ने माग

दानबहादुर कार्कीको पुनर्बहाली र नयाँ आईजीपीको नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

दानबहादुर कार्कीको पुनर्बहाली र आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ
दानबहादुर कार्कीको पुनर्बहाली र नयाँ आईजीपीको नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

७ मंसिर, काठमाडौं । तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

सरकारले प्रहरी ऐन तथा नियमावलीविपरीत आफूलाई पदबाट हटाएको दाबी गर्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले आफूलाई पुनर्बहाली गर्न र नवनियुक्त आईजीपी डा. मनोज केसीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका छन् ।

यसअघि सर्वोच्च अदालतले कार्कीलाई पदबाट हटाउनुको कारण सरकारसँग माग गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न आज दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो ।

आज हुने सुनुवाइपछि नवनियुक्त आईजीपी डा. मनोज केसीको नियुक्ति रोक्ने वा नरोक्ने विषयमा सर्वोच्च अदालतले निर्णय गर्न सक्नेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस