
७ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहलाई गंगाजलसहितको घडा उपहार दिएका छन् ।
सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा मोदीले प्रधानमन्त्री शाहलाई गंगाजलसहितको घडा उपहार दिएका हुन् । भेटका क्रममा दुवै प्रधानमन्त्रीबीच उपहार आदानप्रदान भएको थियो ।
उक्त अवसरमा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथको चन्दन, रुद्राक्ष र शालिग्रामसहितको सेट उपहार दिएका थिए ।