
काठमाडौं । नेपाल–भारत सीमावर्ती क्षेत्रमा मंगलबार बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ।
मंगलबार बिहान ७ बजेर १७ मिनेट ४२ सेकेन्डमा भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु २७.८३२८ डिग्री उत्तरी अक्षांश र ८७.९४६७ डिग्री पूर्वी देशान्तरमा रहेको जनाइएको छ।
भूकम्पको गहिराइ जमिनको सतहबाट १० किलोमिटर रहेको छ।
उक्त भूकम्पको केन्द्रबिन्दु भारतको दार्जिलिङबाट करिब ९४ किलोमिटर उत्तर–उत्तरपश्चिम तथा ग्यालसिङबाट ६८ किलोमिटर उत्तरपश्चिममा पर्दछ।
भूकम्पको धक्का नेपालका कुन–कुन क्षेत्रमा महसुस भयो भन्नेबारे भने थप विवरण आउन बाँकी छ।