२०८३ मंसिर ११, बिहिबार

सुनको मूल्य

सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

सुन तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

१० मंसिर, काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य २ हजार ६३६ रुपैयाँ कायम भएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस