२०८३ मंसिर १४, आईतबार

हामी तयार छौँ अभियान

कांग्रेसको ‘हामी तयार छौँ अभियान’ का प्रतिनिधिलाई आज अभिमुखीकरण

कांग्रेसको ‘हामी तयार छौँ अभियान’ का प्रतिनिधिलाई आज अभिमुखीकरण
कांग्रेसको ‘हामी तयार छौँ अभियान’ का प्रतिनिधिलाई आज अभिमुखीकरण

काठमाडौं । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिने भएको छ।
पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा बिहान ११ बजेदेखि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना हुन लागेको हो।
अभियानलाई देशव्यापी रूपमा प्रभावकारी ढंगले सञ्चालन गर्न तथा प्रतिनिधिहरूलाई जिम्मेवारी, कार्यदिशा र आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको महामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन्।
उनका अनुसार काठमाडौं उपत्यकामा उपलब्ध सम्पूर्ण प्रतिनिधिहरूलाई केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुन भनिएको छ। उपत्यकाबाहिर रहेका प्रतिनिधिहरूलाई भने जुममार्फत सहभागी हुने व्यवस्था मिलाइएको छ।
पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउँदै जनताका मुद्दासँग प्रत्यक्ष जोडिने उद्देश्यले कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा एकैसाथ ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्न लागेको हो।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस