
भरतपुर । शैक्षिक भ्रमण सकेर घर फर्किने क्रममा मर्स्याङ्दी नदीमा खसेर एक विद्यार्थी बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भरतपुरस्थित पारिजात सेकेन्डरी स्कुलमा कक्षा ९ मा अध्ययनरत अंकित गुरुङ रहेका छन् ।
प्राप्त विवरणअनुसार, विद्यालयको भ्रमण टोली फर्किने क्रममा राजमार्ग नजिकैको डम्पिङ क्षेत्र आसपास बस रोकिएको थियो । सोही क्रममा पिसाब फेर्न बसबाट ओर्लिएका गुरुङ अचानक चिप्लिएर नजिकै बगिरहेको मर्स्याङ्दी नदीमा खसेका हुन् ।
घटनालगत्तै स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थी तथा सुरक्षाकर्मीको टोलीले बेपत्ता विद्यार्थीको खोजी सुरु गरेका छन् ।
विद्यार्थी गुरुङको अवस्था अझै अज्ञात रहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।