२०८३ मंसिर १४, आईतबार

अंकित गुरुङ बेपत्ता

शैक्षिक भ्रमणबाट फर्किने क्रममा भीरबाट खसेका अंकित अझै बेपत्ता

तनहुँको भीरबाट खसेका १५ वर्षीय अंकित गुरुङ अझै भेटिएनन्
शैक्षिक भ्रमणबाट फर्किने क्रममा भीरबाट खसेका अंकित अझै बेपत्ता

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वी राजमार्गको भीरबाट खसेर बेपत्ता भएका १५ वर्षीय विद्यार्थी अंकित गुरुङ अझै फेला परेका छैनन्।
चितवनको भरतपुर महानगरपालिका–६ चोकबजार निवासी गुरुङ पारिजात माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए। उनी शनिबार साँझ भीरबाट खसेर बेपत्ता भएका हुन्।
प्रहरीका अनुसार पोखराबाट शैक्षिक भ्रमण सकेर चितवनतर्फ फर्किरहेको विद्यालयको ना.४ ख ५२८५ नम्बरको बसमा उनी सवार थिए।
शनिबार साँझ करिब ६ बजेर १० मिनेटको समयमा शौच गर्न बसबाट ओर्लिएर सडकछेउ जाने क्रममा उनी करिब ६० मिटर तल भीरमा खसेका थिए।
घटनापछि उनको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला पार्न नसकिएको जनाइएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस