२०८३ मंसिर १४, आईतबार

इनम सापकोटा प्रकरण

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रकरणको सत्यतथ्य बाहिर ल्याउन र दोषी देखिने जोसुकैलाई कानुनी कारबाही गर्न माग गरेका हुन्।
कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका लागि दशकौँदेखि संघर्ष गर्दै आएको पार्टी भएको उल्लेख गर्दै आङ्देम्बेले यस विषयमा पार्टीको अडान स्पष्ट रहेको बताएका छन्।
उनले हिरासतमा रहेका सापकोटालाई दबाब दिएर बयान गराउन खोजिएको तथा राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग भएको भन्ने आरोप गम्भीर रहेको बताएका छन्।
अनुसन्धानका नाममा कसैलाई फसाउने प्रयास भए त्यसले विधिको शासन र लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार गर्ने उनको भनाइ छ।
आङ्देम्बेले सरकारलाई प्रकरणको निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न र घटनाको सत्यतथ्य सार्वजनिक गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न आग्रह गरेका छन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस