२०८३ मंसिर १४, आईतबार

नेपाल मत्स्य समाजको अध्यक्षमा युगल किशोर तिवारी चयन

नेपाल मत्स्य समाजको अध्यक्षमा युगल किशोर तिवारी चयन, ११ सदस्यीय नयाँ कार्यसमिति गठन

नेपाल मत्स्य समाज
नेपाल मत्स्य समाजको अध्यक्षमा युगल किशोर तिवारी चयन, ११ सदस्यीय नयाँ कार्यसमिति गठन

काठमाडौं । नेपाल मत्स्य समाजको सातौँ वार्षिक साधारण सभा तथा अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको प्रमुख आतिथ्यता तथा समाजकी अध्यक्ष डा. सुनिला राईको अध्यक्षतामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनमा मत्स्यपालन क्षेत्रसँग सम्बन्धित ६० भन्दा बढी विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले मत्स्यपालन व्यवसाय कृषकको जीविकोपार्जन, आयआर्जन तथा मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताइन् । उनले यस क्षेत्रका चुनौती समाधानका लागि सरकार प्रतिबद्ध रहेकोसमेत उल्लेख गरिन् ।
त्यस्तै, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. श्याम नारायण लाभ र पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाललगायतले मत्स्यपालन क्षेत्रको विकासका लागि सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
नयाँ कार्यसमिति चयनसँगै नेपालमा मत्स्यपालन क्षेत्रको विकास, प्रवर्द्धन तथा यससँग सम्बन्धित समस्या समाधानका लागि थप प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस