
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको डोल्पा जिल्ला सभापतिमा देवप्रसाद बुढा सर्वसम्मत चयन भएका छन् ।
जिल्ला निर्वाचन समितिकी संयोजक बुदाकुमारी पहाडीका अनुसार सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा प्रदेश महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।
निर्वाचन समितिका अनुसार जिल्ला उपसभापतिमा लालबहादुर बुढा र शोभा बोहोरा सर्वसम्मत भएका छन् । त्यस्तै, सचिवमा अर्जुन बुढा र मनबहादुर कुलाल चयन भएका छन् ।
यसैगरी, सहसचिवमा रत्न जैसी सर्वसम्मत चयन भएका छन् ।
पार्टीभित्र सहमति कायम गर्दै नेतृत्व चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।