२०८२ अषाढ ६, शुक्रबार

युवा संघको भेलामा झडप, श्रेष्ठ र पौडेल घाइते

नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा सङ्घका नेता कार्यकर्ताबिच झडप भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २४, बुधबार
युवा संघको भेलामा झडप,  श्रेष्ठ र  पौडेल घाइते

२४ वैशाख काठमाडौँ  / पोखरा नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा सङ्घका नेता कार्यकर्ताबिच झडप भएको छ ।

झडपमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन् । पौडेलको पर्वत स्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ ।

गणेश तिमिल्सिना र पदम गिरी समूहबिच झगडा भएको बताइएको छ । गिरी पक्षले आज अधिवेशन डाकेको थियो भने तिमिल्सिना पक्षले समय सार्न माग गरेको थियो । गिरी पक्षका युवाले अधिवेशनको उद्घाटन गरेपछि तिमिल्सिना पक्षका युवाले विरोध गर्दा झडप भएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस