
माग २८, काठमाडौँ / नेपाली कांग्रेस कञ्चनपुरले नेता–कार्यकर्तालाई सामाजिक सञ्जालमा पार्टीबाहेकका अन्य उम्मेदवारको पक्षपोषण हुने कुनै पनि पोस्ट, कमेन्ट, लाइक वा प्रचार–प्रसार नगर्न निर्देशन दिएको छ। सचिव भीम भट्टद्वारा जारी विज्ञप्तिमा आ–आफ्नो वडा र टोलमै केन्द्रित भएर सक्रिय हुन, उम्मेदवारको पछि–पछि नलाग्न र आवश्यक परे पार्टीलाई जानकारी गराएर मात्र अन्यत्र जान भनिएको छ। साथै, कांग्रेस उम्मेदवारलाई विजयी बनाउन जनमत सिर्जनामा जुट्न आग्रह गरिएको छ।