२०८३ भाद्र ११, बिहिबार

नेपाली कांग्रेस

करदाता सेवा कार्यालय सार्न लागेपछि सिमरामा कांग्रेसको धर्ना

नेपाली कांग्रेसले रौतहटको गौरस्थित करदाता सेवा कार्यालयका सामान सिमरा सार्न लागेपछि धर्ना दिएको छ ।
करदाता सेवा कार्यालय सार्न लागेपछि सिमरामा कांग्रेसको धर्ना

फागुन १, काठमाडौँ/नेपाली कांग्रेसले रौतहटको गौरस्थित करदाता सेवा कार्यालयका सामान सिमरा सार्न लागेपछि धर्ना दिएको छ । कांग्रेस मधेस प्रदेश समितिले गौरस्थित कार्यालय अगाडि सामान सार्नका लागि ल्याइएको ट्रक अगाडि धर्ना दिएको हो । जनताले पाउने सेवा सुविधामाथि प्रत्यक्ष असर पर्नेगरी सरकारले कार्यालय सार्न लागेको भन्दै प्रदेश कार्यसमितिको निर्णयानुसार धर्ना दिइएको मधेस प्रदेशका कांग्रेस प्रचार प्रसार समिति संयोजक नितेशकमार गुप्ताले जानकारी दिए ।कार्यकर्ताहरूले ट्रकमा लोड गरिएका सामानसमेत अनलोड गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस