२०८२ अषाढ ६, शुक्रबार

प्रतिनिधिसभा बैठक

प्रधानमन्त्री अस्वस्थकर कारण प्रधानमन्त्री सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित हुने भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ७, मंगलबार
प्रधानमन्त्री अस्वस्थकर कारण प्रधानमन्त्री सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

६ जेठ काठमाडौँ /  प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित हुने भएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री सोमबारबाट अस्वस्थ भएका कारण आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सम्भावना कम रहेको जानकारी दिए ।

सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू केही अस्वस्थ रहेको भन्दै आफ्नो सम्बोधन छोट्याएका थिए । उनलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ । ‘प्रधानमन्त्री ज्यू हिजोबाटै अस्वस्थ हुनुहुन्छ, त्यसैले आजको प्रश्नोत्तर कार्यक्रममा उहाँ सहभागी हुनसक्ने सम्भावना छैन’, बर्तौलाले भने ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस