२१ वैशाख काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । सचिव दिनानाथ शर्माका अनुसार बैठक दिउँसो १ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेगरी बोलाइएको छ ।
बैठकमा हुलाकी राजमार्गकेन्द्रित अभियानको समीक्षा गर्ने र अब मध्यपहाडी लोकमार्गकेन्द्रित अभियात तय गर्नेबारे छलफल हुने उनले उल्लेख गरे । ‘एउटा चरणको हाम्रो अभियान सकियो, थोरै यसको समीक्षा होला,’ शर्माले भने, ‘अर्को हामीले मध्यपहाडी लोकमार्गमा अभियान भनेका छौँ । त्यो अभियान बनाउनेबारे छलफल हुन्छ ।’
गत पुस तेस्रो साता बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले हुलाकीराजमार्ग,मध्यपहाडी राजमार्ग र काठमाडौँ उपत्यकाकेन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।