२०८३ कार्तिक २९, शनिबार

नवलपरासी पश्चिममा बस पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते

Post Thumbnail

२६ असोज, नवलपरासी । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ स्थित मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित ७ जना घाइते भएका छन्।

प्राप्त विवरणअनुसार सोमबार बिहान करिब ७:३० बजे काठमाडौंँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो।

बसमा करिब ४० देखि ४५ जना यात्रु सवार रहेको बताइएको छ। दुर्घटनामा घाइते भएका सातै जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ।

बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको ट्रक (एचआर ३९ जी २८७६) मा समेत सामान्य ठक्कर लागेको छ। ठक्करका कारण ट्रकको पछाडिको भागमा क्षति पुगेको बताइएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनापछि पनि पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस