२०८३ कार्तिक १६, आईतबार

नागढुंगा सुरुङमार्ग शुल्क

आजदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क असुली

नागढुंगा सुरुङमार्गमा आजदेखि शुल्क लागू, कुन सवारीसाधनले कति तिर्नुपर्छ?
आजदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क असुली

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गरिएको जानकारी गराएको हो । सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार शुल्क उठाउन लागिएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार वर्ग १ अन्तर्गत कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

त्यस्तै, वर्ग २ अन्तर्गत मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ ।

वर्ग ३ अन्तर्गत बस तथा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ ।

यसैगरी, वर्ग ४ अन्तर्गत मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ सडक उपभोग दस्तुर तिर्नुपर्ने आयोजनाले जनाएको छ ।

सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आफ्नो वर्गअनुसार तोकिएको शुल्क तिरेर आवतजावत गर्नुपर्नेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस