२०८३ कार्तिक १६, आईतबार

वाणिज्य बैंकको नाफा

पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा १९ अर्ब ११ करोड, नबिल पहिलो स्थानमा

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड, नबिल बैंक पहिलो स्थानमा
पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा १९ अर्ब ११ करोड, नबिल पहिलो स्थानमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले कुल १९ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश बैंकको नाफामा सुधार देखिएको छ भने केही बैंकको नाफा सामान्य घटेको छ । यस अवधिमा १० वटा बैंकले १ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् ।

पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकको नाफा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ थियो ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकले यस अवधिमा १ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा ५८ करोड ८७ लाख रुपैयाँ थियो ।

यी हुन् १ अर्बभन्दा बढी नाफा कमाउने १० बैंक

पहिलो त्रैमासमा १ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने अन्य बैंकमा एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक, कुमारी बैंक र सानिमा बैंक रहेका छन् ।

एभरेष्ट बैंकले १ अर्ब २५ करोड २७ लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड ७६ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड १४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

त्यस्तै, एनएमबि बैंकले १ अर्ब १६ करोड ४२ लाख, कृषि विकास बैंकले १ अर्ब ९ करोड २३ लाख, कुमारी बैंकले १ अर्ब ७ करोड ४५ लाख र सानिमा बैंकले १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत वर्षको पहिलो त्रैमासमा ४५ करोड ५ लाख रुपैयाँ मात्रै नाफा कमाएकोमा यस वर्ष उल्लेख्य वृद्धि गरेको छ ।

सिटिजन्स बैंक घाटाबाट नाफामा फर्कियो

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ नोक्सानीमा रहेको सिटिजन्स बैंक यस वर्ष नाफामा फर्किएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै, लक्ष्मी सनराइज बैंकले ६५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा ३३ करोड २३ लाख रुपैयाँ थियो ।

प्रभु बैंकले ६४ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकको नाफा ३६ करोड ५७ लाख रुपैयाँ थियो । त्यसैगरी, सिद्धार्थ बैंकले ८५ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष बैंकको नाफा ३२ करोड ४० लाख रुपैयाँ थियो ।

२० वाणिज्य बैंकको खुद नाफा विवरण

बैंक चालु आव २०८३/८४ गत आव २०८२/८३
सिटिजन्स बैंक १० करोड २७ लाख २२ करोड ४ लाख (नोक्सानी)
ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड ३८ लाख १ अर्ब ८५ करोड ८६ लाख
हिमालयन बैंक ६८ करोड ४८ लाख ७० करोड २९ लाख
लक्ष्मी सनराइज बैंक ६५ करोड ३३ लाख ३३ करोड २३ लाख
नबिल बैंक २ अर्ब ५५ करोड ५१ लाख १ अर्ब ७५ करोड ६९ लाख
एनआईसी एशिया बैंक १२ करोड ७४ लाख १२ करोड २१ लाख
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १ अर्ब १८ करोड १४ लाख ४५ करोड ५ लाख
प्राइम कमर्सियल बैंक १ अर्ब १८ करोड ७६ लाख १ अर्ब २५ करोड ८४ लाख
प्रभु बैंक ६४ करोड ७४ लाख ३६ करोड ५७ लाख
नेपाल एसबीआई बैंक ५५ करोड ८५ लाख ४९ करोड ७६ लाख
स्ट्यान्डर्ड चार्टर्ड बैंक ६७ करोड १४ लाख ६९ करोड ३९ लाख
एभरेष्ट बैंक १ अर्ब २५ करोड २७ लाख १ अर्ब १७ करोड ९२ लाख
माछापुच्छ्रे बैंक ५५ करोड ११ लाख ४१ करोड ७९ लाख
नेपाल बैंक ८३ करोड २१ लाख ५८ करोड ८२ लाख
एनएमबि बैंक १ अर्ब १६ करोड ४२ लाख १ अर्ब ३० करोड ८५ लाख
राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ६४ करोड ९८ लाख ५८ करोड ८७ लाख
सानिमा बैंक १ अर्ब ५ करोड १४ लाख ४५ करोड ४९ लाख
कृषि विकास बैंक १ अर्ब ९ करोड २३ लाख ५७ करोड ३८ लाख
कुमारी बैंक १ अर्ब ७ करोड ४५ लाख १ अर्ब ५ करोड ६५ लाख
सिद्धार्थ बैंक ८५ करोड १५ लाख ३२ करोड ४० लाख
यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस