
नेपाली बजारमा आइतबार सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ । यसअघि शनिबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ ।
यसअघि गत वर्ष माघ १५ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला १७५ रुपैयाँले घटेको छ । शनिबार प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।