२०८३ मंसिर ६, शनिबार

उत्कृष्ट नेपाली खेलाडीको कार पुरस्कारदेखि उत्कृष्ट ब्याटर, बलर र इमर्जिङ प्लेअरको अवार्डमा प्रतिस्पर्धा

एनपीएलको कार कसले जित्ला ? दीपेन्द्र, रिजन र लोकेशसहित नेपाली खेलाडी दाबेदार

एनपीएलको कार पुरस्कार कसले जित्ला ? दीपेन्द्र, रिजन र लोकेश दाबेदार
एनपीएलको कार कसले जित्ला ? दीपेन्द्र, रिजन र लोकेशसहित नेपाली खेलाडी दाबेदार

४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने पक्का भएको छ । फाइनल जित्ने टोली च्याम्पियन बन्नेछ भने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले विभिन्न व्यक्तिगत पुरस्कार प्राप्त गर्नेछन् ।

लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्दै इतिहास रच्ने लक्ष्यमा छ भने सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेर पहिलो उपाधि जित्ने प्रयासमा छ ।

टिमको उपाधि भिडन्तसँगै अहिले सबैभन्दा बढी चासो नेपाली खेलाडीमध्ये कसले कार पुरस्कार जित्ला भन्नेमा छ । एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीलाई कार प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी (प्लेअर अफ द टुर्नामेन्ट), उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र इमर्जिङ प्लेअरले पनि पुरस्कार पाउनेछन् । उत्कृष्ट ब्याटर, बलर र इमर्जिङ प्लेअरलाई मोटरसाइकल प्रदान गरिनेछ ।

यसअघि पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी र दोस्रो संस्करणमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले उत्कृष्ट नेपाली खेलाडी बन्दै कार जितेका थिए ।

कार पुरस्कारका मुख्य दाबेदार

यस सिजन नेपाली खेलाडीको ब्याटिङभन्दा बलिङमा बढी प्रभाव देखिएको छ । सर्वाधिक विकेट लिने शीर्ष पाँच खेलाडीमध्ये तीन जना नेपाली बलर छन् । तर उनीहरूका टोली फाइनलसम्म पुग्न सकेनन् ।

चितवन राइनोजका रिजन ढकाल र कमल सिंह ऐरीले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् । चितवन दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

रिजनले ९ खेलमा १७ विकेट लिँदै सर्वाधिक विकेट लिने सूचीमा शीर्ष स्थानमा छन् । कमल सिंह ऐरी र सुदूरपश्चिमका स्कट कुगेलेइनले समान १३ विकेट लिएका छन् । जनकपुरका १७ वर्षीय आइकोनिक खेलाडी राहुल यादवले डेब्यु सिजनमै १२ विकेट लिएका छन् । यस्तै, लुम्बिनीका स्पिनर शेर मल्लले फाइनलअघि ११ विकेट लिएका छन् ।

ब्याटिङतर्फ भने नेपाली खेलाडीले अपेक्षाकृत ठूलो प्रदर्शन गर्न सकेका छैनन् । पोखरा एभेन्जर्सका कुशल भुर्तेल, सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरी र काठमाडौं गोर्खाजका रासिद खानले केही सम्झनलायक इनिङ्स खेलेका छन् ।

लोकेश, कुशल र दीपेन्द्रको ब्याटिङ प्रदर्शन

नेपाली खेलाडीमध्ये सर्वाधिक रन बनाउनेमा विराटनगर किंग्सका लोकेश बम र पोखरा एभेन्जर्सका कुशल भुर्तेल छन् । दुवै टोली लिग चरणबाटै बाहिरिएका छन् ।

लोकेशले ७ खेलमा २४२ रन बनाएका छन् भने कुशलले ७ खेलमा २३५ रन जोडेका छन् । दुवैले समान दुई अर्धशतक प्रहार गरेका छन् । फाइनलअघि सर्वाधिक रन बनाउने सूचीमा लोकेश दोस्रो र कुशल चौथो स्थानमा छन् ।

सुदूरपश्चिमलाई लगातार तेस्रो पटक फाइनल पुर्‍याएका कप्तान दीपेन्द्र सिंह ऐरीले ९ खेलमा तीन अर्धशतकसहित २१७ रन बनाएका छन् । उनी छैटौं स्थानमा छन् । फाइनलमा थप २६ रन बनाएमा दीपेन्द्रले लोकेशलाई उछिन्दै नेपाली ब्याटरमध्ये दोस्रो स्थानमा पुग्नेछन् । ७८ रन बनाएमा शीर्ष स्थानमा रहेका युवराज सम्रालाई उछिन्नेछन्, जसले २९४ रन बनाएका छन् ।

दीपेन्द्रले ब्याटिङसँगै बलिङ र फिल्डिङमा पनि योगदान दिएका छन् । उनले ९ खेलमा ६ विकेट लिएका छन् भने उत्कृष्ट क्याचसमेत गरेका छन् । टिमलाई कठिन अवस्थाबाट जित दिलाउन भूमिका खेलेका दीपेन्द्र कार पुरस्कारका बलिया दाबेदार मानिएका छन् ।

रिजन ढकाल पनि उत्कृष्ट खेलाडीको दौडमा

चितवन राइनोजलाई क्वालिफायरसम्म पुर्‍याउन महत्वपूर्ण योगदान गरेका रिजन ढकाल पनि उत्कृष्ट खेलाडीको दाबेदारका रूपमा छन् । ९ खेलमा १७ विकेट लिएका रिजनको बलिङ प्रदर्शन यस सिजन उल्लेखनीय छ ।

लुम्बिनीका कप्तान रोहित पौडेल र आसिफ शेख भने ब्याटिङमा अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् । दोस्रो संस्करणमा कार जितेका रोहितले यस सिजन १२१ रन बनाएका छन् भने आसिफले १११ रन जोडेका छन् ।

फाइनलअघि समग्र प्रदर्शन हेर्दा दीपेन्द्र सिंह ऐरी अलराउन्ड प्रदर्शनका कारण उत्कृष्ट खेलाडीको दौडमा अगाडि देखिएका छन् ।

उत्कृष्ट बलर र ब्याटरको प्रतिस्पर्धा

उत्कृष्ट बलरको पुरस्कारका लागि रिजन ढकाल र स्कट कुगेलेइनबीच प्रतिस्पर्धा देखिएको छ । रिजन १७ विकेटसहित शीर्ष स्थानमा छन् भने स्कटले १३ विकेट लिएका छन् । फाइनलमा स्कटले ४ विकेट लिए रिजनसँग बराबरी गर्नेछन् भने ५ विकेट लिए सर्वाधिक विकेट लिने बलर बन्नेछन् ।

लुम्बिनीका शेर मल्ल पनि उत्कृष्ट बलिङ गर्ने खेलाडीमध्ये एक हुन् ।

उत्कृष्ट ब्याटरको दौडमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी, चितवनका रवि बोपरा र डाविड मालान, विराटनगरका लोकेश बम तथा पोखराका युवराज सम्रा छन् । युवराजले लिग चरणमा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका थिए ।

इमर्जिङ प्लेअरमा राहुल यादवको दाबेदारी

इमर्जिङ प्लेअर अवार्डका लागि जनकपुरका आइकोनिक खेलाडी राहुल यादव बलियो दाबेदार देखिएका छन् । उनले ७ खेलमा १२ विकेट लिएका छन् र सर्वाधिक विकेट लिने सूचीमा चौथो स्थानमा छन् ।

ट्यालेन्ट हन्टबाट छनोट भएका राहुलले एनपीएलको तेस्रो संस्करणको पहिलो खेलमै डेब्यु गर्दै प्रभावशाली प्रदर्शन गरेका थिए ।

लुम्बिनी लायन्सका स्पिनर अभिशेष गौतम र सुदूरपश्चिमका स्पिनर अनिल खरेल पनि इमर्जिङ प्लेअरको दाबेदार छन् । अनिलले ९ खेलमा १० विकेट लिएका छन् भने पाँच खेलमा अवसर पाएका अभिशेषले ७ विकेट लिएका छन् ।

फाइनलसँगै व्यक्तिगत पुरस्कारका लागि पनि प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । विशेषगरी कार पुरस्कार कसले जित्ने भन्नेमा क्रिकेटप्रेमीको चासो बढेको छ ।

५

पत्रको भाषा नमिलेपछि सर्वोच्चले प्रहरी प्रधान कार्यालयमा पुनः पत्र पठायो४ मंसिर, काठमाडौं । प्रहरी प्रधान कार्यालयले पत्र बुझ्न अस्वीकार गरेपछि सर्वोच्च अदालतले भाषा संशोधन गर्दै पुनः पत्र पठाएको छ । निर्वतमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । साथै विपक्षीका नाममा १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश दिएको थियो । उक्त आदेशअनुसार सर्वोच्च अदालत प्रशासनले बिहीबार सूचना म्याद जारी गरिएको पत्र प्रहरी प्रधान कार्यालय पठाएको थियो । अदालतका शाखा अधिकृत रेवतीप्रसाद पराजुलीले हस्ताक्षर गरेको पत्रमा बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको थियो । पत्रमा ‘नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीमार्फत प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौंको नाउँमा जारी भएको सूचना म्याद’ भन्ने भाषा उल्लेख गरिएको थियो । तर, पत्रको भाषा नमिलेको भन्दै प्रहरी प्रधान कार्यालयले बिहीबार उक्त पत्र बुझ्न अस्वीकार गरेको थियो । त्यसपछि सर्वोच्च अदालतले शुक्रबार पत्रको भाषा संशोधन गरी पुनः पठाएको हो । संशोधित पत्रमा यसअघि उल्लेख गरिएको ‘बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसी’ भन्ने वाक्यांश हटाएर ‘अहिले बढुवा गरिएको प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी’ उल्लेख गरिएको छ । पत्रको भाषामा गरिएको संशोधनपछि सर्वोच्च अदालतले प्रहरी प्रधान कार्यालयमा पुनः पत्र पठाएको हो ।

यो पनि

ताजा अपडेट

१ दिन अघि

यो साताको प्रचलित

खोजी गर्नुहोस